दफा ३७
धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्ने
(१) संगठित संस्थाले मात्र धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि बोर्डमा निवेदन दिन सक्नेछ । (२) संगठित संस्थाले उपदफा (१) बमोजिमको निवेदन तोकिएको ढाँचामा तोकिए बमोजिमका विवरण तथा कागजात र दस्तुर समेत संलग्न राखी बोर्ड समक्ष दिनु पर्नेछ ।